नेपाल सरकार

सहकारी तथा गरिवी निवारण मन्त्रालय

सहकारी विभाग

डिभिजन सहकारी कार्यालय, काठमाडौं
Division Cooperative Office, Kathmandu

HIGHLIGHTS : सहकारी सदस्यहरुलाइ बिशेष अनुराेध    //    विनियम संशोधनको तीन महले विवरण    //    विज्ञापनमा बन्देज लगाउने सम्बन्धमा सुचना    //    क्षतिको विवरण उपलब्ध गराउने सम्बन्धमा    //    जरिवाना सम्बन्धमा

सहकारी रोजगारी, सामाजिक एकीकरण, गरिबी निवारण, समाज विकास तथा सामुदायिक सशक्तिकरणको माध्यम हो । यसलाई सामूहिक भावना, उद्देश्य र क्रियाशीलतालाई व्यवहारिक स्वरुप प्रदान गर्न सदस्यहरुकै सहभागिता र व्यवस्थापनमा संचालन हुने व्यवसायिक इकाईको रुपमा लिइन्छ । इमान्दारीता, पारदर्शिता, स्वःअनुशासन र स्वनियन्त्रण जस्ता आधारभूत मान्यताका अतिरिक्त अन्तराष्ट्रिय सहकारी महासंघले प्रतिपादन गरेका सिद्धान्त एवं राष्ट्रिय कानून, स्वीकृत विनियम र सदस्यहरुकै संलग्नतामा निर्मित आन्तरिक नीति नियमहरु सहकारी सुसञ्चालनका आधार हुन् । संयुक्त राष्ट्रसंघले सन् १९९४ मा सहकारी उद्यमले विश्वको आधा जनसंख्याको जिवनलाई सुरक्षित तुल्याएको विषय उजागर गरेको थियो । हालसम्म आइपुग्दा विश्वभर ठूलास्तरका सहकारी उद्योगको उपस्थिति अझ बढेको छ । त्यस्ता उद्यम तथा सहकारी संघसंस्थाहरुमा रोजगारी पाउने रोजगारहरुको संख्यामा बढोत्तरी भएको छ । कतिपय देशको कुल गार्हस्थ उत्पादनमा सहकारीको उच्च योगदान रहेको छ । विश्वका पूँजीवादी तथा समाजवादी सबै खालको अर्थव्यवस्था अंगालेका मुलुकमा सहकारी व्यवसाय फस्टाएको छ । यस अर्थमा, सहकारी यो वा त्यो मुलुकमा तथा यो वा त्यो व्यवसायमा मात्र होइन, यत्र तत्र सर्वत्र सबै खाले व्यवसायमा आफ्नो उपस्थिति देखाउन र प्रभाव जमाउन सफल भएको छ ।
वि.सं. २०१३ सालदेखि आरम्भ भएको नेपाली सहकारी अभियानले ठूलो फड्को मारेको छ । सहकारी संघ/संस्थाको संख्याको आधारमा पनि काठमाडौं जिल्लालाई राजधानी नै भन्न सकिन्छ । यहाँ आर्थिक वर्ष २०७१/०७२ को अन्त्यसम्म ३ हजार ७ सय २८ प्रारम्भिक सहकारी संस्थाहरुको दर्ता कायम रहेको रेकर्ड छ । त्यसैगरी जिल्ला सहकारी संघ र ६ वटा विषयगत संघहरुको उपस्थिति रहेको छ । उल्लेखित संस्थाहरुमार्फत सदस्यहरुको वित्तीय क्रियाकलापमा पहुँच पु¥याउन, आर्थिक तथा सामाजिक जिवनस्तर उचो बनाउन, सामाजिक द्धन्द घटाउन, ग्रामीण तथा शहरी गरिबीको संख्या कम गर्न निकै सहयोग पुगेको छ । त्यसैगरी आर्थिक, सामाजिक, सांस्कृतिक एवं वातावरणीय विकासका लागि काठमाडौस्थित सहकारी संस्थाहरुको योगदान क्रमिक रुपमा बढोत्तरी भई रहेको छ ।


 

आनन्द सारु
वरिष्ठ सहकारी अधिकृत

 


 

लक्ष्मी नारायण वैद्य
सूचना अधिकारी